Banijya News

एशियन लाइफको अवितरित हकप्रद शेयर बाँडफाँट

1
1.1K Shares

एशियन लाइफ इन्स्योरेन्सले अवितरित हकप्रद शेयर निष्कासन गरी बाँडफाँट गरेको छ । कम्पनीले यस अघि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण नभएको संस्थापक तर्फको ३० हजार ३८ दशमलव ५७ कित्ता र सर्वसाधारणतर्फको ३ लाख २८ हजार ४७३ दशमलव ९१ कित्ता हकप्रद शेयर भदौ २९ गतेदेखि असोज ५ गतेसम्म विक्री खुला गरी असोज २० गते बाँडफाँट गरेको हो ।

बाँडफाँट शेयरको कटअफ मूल्य भने संस्थापक तर्फ प्रतिकित्ता १०५ रुपैयाँ ५० पैसा र सर्वसाधारण तर्फ प्रतिकित्ता ४२२ रुपैयाँ ५० पैसा रहेको कम्पनीको भनाई छ । उल्लेखित मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा शेयर बाँडफाँट गरिएको हो । बाँडफाँटमा नपरेको शेयर वापत्को रकम असोज २२ गतेदेखि रकमान्तर गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँको आधारमा ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । सम्पूर्ण कित्ता हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार रुपैयाँ कायम भएको छ । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

1

Scroll to Top