Banijya News

पुँजी बजार सुधार प्रतिवेदन एसबानद्वारा स्वागत, तत्काल कार्यान्वयनको माग

1
1.2K Shares

स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै त्यसलाई तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा गठित कार्यदलले पुँजी बजार सुधारका लागि सुझावसहितको प्रतिवेदन बुझाएपछि एसबानले उक्त कदमलाई सकारात्मक भन्दै छिट्टै लागू गर्नुपर्ने जनाएको हो।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक (कार्यवाहक) रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलले सेयर धितो कर्जाको सीमा हटाउने, बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारमा सहभागी गराउने, नेप्सेको पुनःसंरचना र निजीकरण गर्ने, नयाँ वित्तीय औजार भित्र्याउने लगायतका सुझावहरू दिएको छ।

एसबानका अध्यक्ष सागर ढकालले अर्थमन्त्री खनालले पुँजी बजार सुधारका लागि देखाएको सक्रियता सराहनीय भएको बताए। उनले भने, “यो प्रतिवेदनले बजार सुधारमा नयाँ बाटो देखाएको छ। सरकारले ढिलाइ नगरी तत्काल कार्यान्वयनमा लैजानुपर्छ।”

उनका अनुसार विगतमा बनेका कार्यदलका धेरै प्रतिवेदन कार्यान्वयनमा नआएकाले यसपटक भने सरकार र नियामक निकायहरू गम्भीर बन्नुपर्ने आवश्यकता छ। एसबानले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्सेले आफ्ना-आफ्ना जिम्मेवारीअनुसार प्रतिवेदनका बुँदाहरू लागू गर्न आग्रह गरेको छ।

अर्थमन्त्री खनालले पनि प्रतिवेदन बुझ्ने क्रममा धितोपत्र बोर्ड, राष्ट्र बैंक र नेप्सेलाई तत्काल सुधारका कदम चाल्न निर्देशन दिएका थिए।

1

Scroll to Top