Banijya News

तोलामा चार हजार दुई सय रुपैयाँले घट्यो सुनको मुल्य

1
1.2K Shares

स्थानिय बजारमा सुनको भाउमा गिरावट आएको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको मूल्य आज तोलामा ४ हजार २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज ६० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ८८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

1

Scroll to Top