सान्भि इनर्जी लिमिटेडले सार्वजनिक निष्काशनमार्फत सामूहिक लगानी कोषहरूलाई वितरण गरिएको सेयरको लक–इन अवधि समाप्त भएको जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार कम्पनीले गत २०८२ साल जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आइपिओ निष्काशन गरी २०८२ जेठ २६ गते बाँडफाँट गरेको थियो।
उक्त निष्काशनअन्तर्गत कुल ३७ लाख ९० हजार कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई जारी पूँजीको १० प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता सेयर वितरण गरिएको थियो।
बाँकी २९ लाख १० हजार कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ४५ हजार ५०० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरूलाई जारी गरी बाँडफाँट गरिएको थियो। कम्पनीका अनुसार उक्त सेयरको लक–इन अवधि ६ महिनापछि, अर्थात २०८२ मंसिर २५ गते (२०२५ डिसेम्बर ११) मा समाप्त हुनेछ।
उक्त जानकारीका लागि कम्पनीले नियामक निकायहरू, सेयरधनीहरू तथा सरोकारवालाहरूलाई सूचित गर्न सूचना सार्वजनिक गरेको हो। उक्त सेयरको रजिष्ट्रारको रूपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।


