Banijya News

जेनजी आन्दोलनमा भएको क्षतिको तीन अर्ब ६८ करोड दाबी भुक्तानी

1
1.2K Shares

हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिब २३ अर्ब ४६ करोड ९१ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब ३ अर्ब ६८ करोड ४१ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी भएको छ ।

प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्यांक अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९३ वटा दाबीको दाबी रकम करिब १९ अर्ब ४ करोड ९ लाखमध्ये करिब २ अर्ब ९२ करोड ८६ लाख र मोटर बीमातर्फ २ हजार २९० वटा दाबीको दाबी रकम करिब ३ अर्ब ४७ करोड ७ लाखमध्ये करिब ६८ करोड ६१ लाख भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिब ५४ करोड ७५ लाख दाबी रकममध्ये करिब ६ करोड २३ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिब १ करोड ६८ लाख दाबी रकममध्ये करिब ४७ लाख र अन्य बीमातर्फ ४२ वटा दाबीको करिब ३९ करोड ३० लाख दाबी रकममध्ये करिब २३ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई करिब २ अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब २ अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८५७ वटा पुनर्बीमा दाबीको दाबी रकम करिब १५ अर्ब ८२ करोड ७० लाख रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

1

Scroll to Top