गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने सम्बन्धमा कानुनी गृहकार्य अघि बढेको बताएका छन् ।
राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयको प्राविधिक र व्यवस्थापकीय सम्भाव्यता अध्ययन गरी सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानलाई जिम्मेवारी सुम्पिएको बताए ।
त्यसैगरी, उनले युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन २०७३ लाई संशोधन गरिएको पनि जानकारी दिए । निर्वाचन आयोगको तथ्यांक उद्धृत गर्दै उनले भने, “यसबाट दुई लाख बढी मतदाता थप भएका छन् ।”


