Banijya News

कुमारी बैंकको ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

1
1.1K Shares

कुमारी बैंकले ७ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन पेस गरेअनुसार बैंकले सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले हाल उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको हो । सो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

बैंकले तोकेको उक्त अवधिभित्र बैंकका संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो सेयर अन्य सर्वसाधारणलाई बिक्री गरिने जनाइएको छ ।

1

Scroll to Top