Banijya News

श्रीनगर एग्रीटेकको शेयर कारोबार शुरु

1
1.1K Shares

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको शेयर कारोबार मंसिर ८ गतेदेखि शुरु भएको छ । कम्पनीले मंसिर ५ गते दोस्रो बजारमा १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर सूचीकृत गराएको थियो । मंसिर ८ गते स्पेशल प्रि-ओपनिङ सेसनमा कारोबार म्याच भएसँगै नियमित सेसनमा कारोबार शुरु भएको हो ।

मंसिर ७ गते भने कम्पनीको स्पेशल प्रि-ओपनिङ सेसनमा कारोबार नभएकाले नियमित सेसनमा कारोबार शुरु नभएको हो ।

नेप्सेले तोकेको अधिकतम मूल्यमै कम्पनीको पहिलो शेयर कारोबार भएको हो । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ ५९ पैसादेखि अधिकतम प्रतिकित्ता ३०१ रुपैयाँ ७७ पैसासम्मको मूल्य रेञ्ज तोकेको थियो ।

एसएआइएल स्टक संकेतबाट कम्पनीको शेयर कारोबार भएको हो । पहिलो कारोबार दिन कम्पनीको ९ दशमलव ९८ प्रतिशत मूल्य बढेर कारोबार भएको छ ।

यस कम्पनीले कुखुराको चल्ला र अण्डासँगै कुखुराको लागि सुनौलो प्लेट दाना, माछा र बंगुरलाई आवश्यक पर्ने दाना पनि उत्पादन गर्दै आएको छ ।

कम्पनीले कृषकलाई कृषिसम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ भने किसानले उत्पादन गरेका सामग्रीहरू खरीद गरेर बजारसम्म पुर्याउँदै आएको छ ।

१ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ नै कायम गरिएको छ ।

सर्वसाधारणमा सम्पूर्ण कित्ता शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी जारी पूँजी बराबर १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ कायम भएको छ ।

1

Scroll to Top