चालु आर्थिक वर्ष (२०८१/८२) का लागि हालसम्म ४६ कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। बैंकिङ, वित्त, जलविद्युत्, लगानी, उत्पादन तथा लघुवित्त क्षेत्रका कम्पनीहरूले बोनस र नगद सहित लाभांश घोषणा गरेका हुन्।
नेपाल धितोपत्र बजारमा सूचीकृत अधिकांश बैंक तथा जलविद्युत् कम्पनीहरूले विगत वर्षको मुनाफाबाट औसत ५ देखि २० प्रतिशतसम्म लाभांश प्रस्ताव गरेका छन्। कतिपय कम्पनीले बोनससँगै कर प्रयोजनका लागि न्यूनतम नगद लाभांशसमेत प्रस्ताव गरेका छन्।
घोषणा भएका ४६ कम्पनीमध्ये सबैभन्दा धेरै लाभांश युनिलिभर नेपाल लिमिटेडले १६४.२ प्रतिशत नगद लाभांश दिन प्रस्ताव गरेको छ। उत्पादन क्षेत्रकै शिवम् सिमेन्टले ३७.५ प्रतिशत, हिमालयन डिस्टिलरीले २५ प्रतिशत, सर्वोत्तम सिमेन्टले २० प्रतिशत, र नेपाल ल्यूब आयलले २१.०५ प्रतिशत लाभांश प्रस्ताव गर्दै उच्च सूचीमा परेका छन्।
यसवर्ष सबैभन्दा कम लाभांश ५ प्रतिशत प्रस्ताव गर्ने कम्पनीहरू जलविद्युत् क्षेत्रमा देखिएका छन्। सुपर माडि हाइड्रो ले ५.२६ प्रतिशत घोषणा गरेको छ। त्यस्तै बरुण हाइड्रोले ५ प्रतिशत, याङदी ग्रुपले ५ प्रतिशत र सिंगटी हाइड्रोले ६ प्रतिशत लाभांश घोषणा गरेका छन्।क्रम कम्पनी क्षेत्र बोनस (%) नगद (%) कुल (%) वाणिज्य बैंक १ एभरेष्ट बैंक वाणिज्य बैंक ६ १४ २० २ स्ट्यान्डर्ड चार्टर्ड वाणिज्य बैंक – १९ १९ ३ कृषि विकास बैंक वाणिज्य बैंक ३.२५ ९.७५ १३ ४ लक्ष्मी सनराइज वाणिज्य बैंक १० ०.५३ १०.५३ ५ सिद्धार्थ बैंक वाणिज्य बैंक ५ ५.५३ १०.५३ ६ एनएमबी बैंक वाणिज्य बैंक ५ ५ १० ७ ग्लोबल आइएमइ वाणिज्य बैंक ८ – ८ ८ मच्छापुच्छ्रे वाणिज्य बैंक ४ ४ ८ ९ सानिमा बैंक वाणिज्य बैंक ७.३७ – ७.३७ १० सिटीजन बैंक वाणिज्य बैंक ५ ०.२६ ५.२६ विकास बैंक ११ मुक्तिनाथ बिकास विकास बैंक १३.५३ ४.६७ १८.२ १२ कमाना सेवा विकास बैंक १० ५.७९ १५.७९ १३ शाइन रेशुङ्गा विकास बैंक ३ १० १३ १४ गरिमा विकास बैंक ६ ४.५३ १०.५३ १५ महालक्ष्मी विकास बैंक ५ ५.३७ १०.३७ १६ शाङ्ग्रिला विकास बैंक ५ ५.३६ १०.३६ १७ मिटेरी डेभ बैंक विकास बैंक १० – १० फाइनान्स कम्पनी १८ मंजुश्री फाइनान्स फाइनान्स कम्पनी १७ – १७ १९ आईसीएफसी फाइनान्स कम्पनी १५.८ – १५.८ होटल तथा पर्यटन २० सोल्टी होटल होटल तथा पर्यटन १५ १६.६ ३१.६ जलविद्युत् २१ सहस ऊर्जा जलविद्युत् २१ १.११ २२.११ २२ माउन्टेन इनर्जी जलविद्युत् २० १.०५ २१.०५ २३ भगवती हाइड्रो जलविद्युत् १४ ६ २० २४ मिड सोलु जलविद्युत् १५ ०.७९ १५.७९ २५ सिक्लेस जलविद्युत् १५ ०.७९ १५.७९ २६ नेपाल हाइड्रो जलविद्युत् ९ ०.४७ ९.४७ २७ युनिभर्सल पावर जलविद्युत् ९ ०.४७ ९.४७ २८ अरुण भ्याली जलविद्युत् ८ ०.४२ ८.४२ २९ सुपर माडि जलविद्युत् ५ ०.२६ ५.२६ ३० बरुण जलविद्युत् ४.७५ ०.२५ ५ ३१ याङदी ग्रुप जलविद्युत् ४.७५ ०.२५ ५ ३२ सिंगटी जलविद्युत् ५ १ ६ लगानी कम्पनी ३३ एनआरएन इन्फ्रा लगानी कम्पनी ४० २.११ ४२.११ ३४ ह्याथवे लगानी कम्पनी १२ ०.६३ १२.६३ ३५ निफ्रा लगानी कम्पनी – ६.३२ ६.३२ उत्पादन तथा प्रशोधन ३६ युनिलिभर नेपाल उत्पादन तथा प्रशोधन – १६४.२ १६४.२ ३७ हिमालयन डिस्टिलरी उत्पादन तथा प्रशोधन २० ५ २५ ३८ नेपाल ल्यूब अइल उत्पादन तथा प्रशोधन २० १.०५ २१.०५ ३९ शिवम् सिमेन्ट उत्पादन तथा प्रशोधन २५ १२.५ ३७.५ ४० सर्वोत्तम सिमेन्ट उत्पादन तथा प्रशोधन ५ १५ २० लघुवित्त ४१ गुराँस लघुवित्त लघुवित्त १४.२५ ०.७५ १५ ४२ साना किसान लघुवित्त १४.२५ ०.७५ १५ ४३ आशा लघुवित्त लघुवित्त ९.५ ०.५ १० ४४ स्वबलम्बन लघुवित्त ५.६४ ४.३६ १० ४५ आरएसडीसी लघुवित्त ८ – ८ अन्य ४६ मुक्तिनाथ कृषि कम्पनी अन्य – ८.४२ ८.४२


