बूढीगण्डकी जलाशययुक्त र अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार भएको छ ।
१ हजार २०० मेगावाटको बूढीगण्डकी र १ हजार ६३ मेगावाटको अपर अरुण जलविद्युत आयोजनाको स्वदेशी लगानीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले उक्त आयोजनाको लगानी मोडालिटीको तयार भएको जानकारी लिंदै त्यसलाई आवश्यक स्वीकृतिका लागि पेश गर्न निर्देशन गरेका छन्।
लामो समयदेखि चर्चामा मात्र रहेकाले दुवै आयोजनाको लगानी मोडालिटी टुंगो लगाएर निर्माणमा लैजानु पर्ने मन्त्री घिसिङले बताएका छन् ।


