Banijya News

सेयर किनबेचबाट हुने पुँजीगत लाभकर ६० प्रतिशतले गिरावट

1
1.1K Shares

सेयर कारोबारमा भएको नाफाबाट लगानीकर्ताले चालू आवको चार महिनामा तीन अर्ब ३८ करोड ३३ लाख २४ हजार रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा करिब ६० प्रतिशतले कम हो । गत आवको पहिलो चार महिनामा आठ अर्ब २० करोड एक लाख यस्तो कर उठेका सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को तथ्यांकले जनाएको छ ।

चालू आवको कात्तिक महिनामा मात्रै लगानीकर्ताले सरकारलाई ३८ करोड पाँच लाख ९९ हजार पुँजीगत लाभकर तिरेका छन् । तथ्यांकअनुसार कात्तिकमा व्यक्तिगततर्फ दीर्घकालीन सेयर कारोबारबाट १२ करोड ७१ लाख ७१ हजार र अल्पकालीन सेयर कारोबारबाट १६ करोड ३५ लाख ५३ हजार पुँजीगत लाभकर संकलन भएको छ । यस्तै, संस्थागत सेयर कारोबारबाट आठ करोड ९८ लाख ७३ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको तथ्यांकमा उल्लेख छ ।

त्यसमा साउन महिनामा दुई अर्ब १५ करोड ७५ लाख ६९ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको थियो । यसैगरी, भदौमा ६० करोड १४ लाख ९९ हजार रुपैयाँ, असोजमा २४ करोड ३६ लाख ५६ हजार रुपैयाँ र कात्तिकमा ३८ करोड पाँच लाख ९९ हजार पुँजीगत लाभकर उठेको छ । गत आवको पहिलो चार महिनामा आठ अर्ब २० करोड एक लाख यस्तो कर उठेको थियो ।

त्यसमा साउनमा चार अर्ब २७ करोड ५३ लाख, भदौमा दुई अर्ब ५७ करोड ९४ लाख ८० हजार, असोजमा ५८ करोड ६५ लाख ४० हजार र कात्तिकमा ७५ करोड ८७ लाख ८१ हजार पुँजीगत लाभकर उठेको थियो । गत आवभरमा भने सेयर कारोबारबाट १६ अर्ब ५४ करोड ३७ लाख पुँजीगत लाभकर उठेको तथ्यांकमा उल्लेख छ ।

जेन–जी आन्दोलनपछि पुँजी बजारमा रौनक देखिएको छैन । कहिले बढ्ने र कहिले घट्ने भइरहेको छ । त्यसले गर्दा पुँजीगत लाभकर संकलन पनि घटेको छ । सेयर कारोबारमा हुने खुद नाफामा दीर्घकालीनतर्फ पाँच प्रतिशत र अल्पकालीनतर्फ ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ ।

1

Scroll to Top