भुजुङ्ग हाइड्रोपावर लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आइपीओ बिक्री गर्न अनुमति दिएको छ ।
बोर्डले कम्पनीलाई २० लाख कित्ता सेयर आइपीओ मार्फत बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गर्नेछ ।
यस कम्पनीले लमजुङमा ७।५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ वैशाखदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।
एनसी एग्रो टेक इन्डस्ट्रिज् र इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आइपीओ बिक्रीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन ।
एनसी एग्रो टेकले १०० रुपैयाँ अंकित दरमा १८ लाख ७५ हजार कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ।
त्यस्तै, इलेक्ट्रो पावरले पनि १०० रुपैयाँ अंकित दरमा ८१ लाख २५ हजार कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटलले गर्नेछ ।


