Banijya News

हिमालयन लघुवित्तद्धारा सात प्रतिशत लाभांश वितरण घोषणा

1
1.1K Shares

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट कुल ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँको आधारमा ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीले कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश सहित ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

1

Scroll to Top