Banijya News

हिमालयन रि इन्स्योरेन्सको नाफा ८.५८ प्रतिशतले वृद्धी

1
1.1K Shares

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीले समीक्षा अवधिमा नाफा र प्रतिशेयर आम्दानी दुवैमा सामान्य सुधार गरेको छ।

कम्पनीले असोज मसान्तसम्म २४ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको २२ करोड ६३ लाख रुपैयाँको तुलनामा ८.५८ प्रतिशत बढी हो। नाफा वृद्धि मुख्यतः खुद आर्जित बीमा शुल्कमा आएको विस्तारसँग जोडिएको छ। समीक्षा अवधि उनीहरूले आर्जित गरेको खुद बीमा शुल्क ९.३६ प्रतिशतले बढेको छ।

यद्यपि कुल आम्दानी भने ०.२० प्रतिशतले घटेको देखिन्छ। त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी २.४८ प्रतिशतले तथा कुल खर्च २.६२ प्रतिशतले बढेको छ, जसले नाफा विस्तारको गति केही थामिएको देखाउँछ।

नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि सुधारिएको छ। असोज मसान्तसम्म कम्पनीको ईपीएस ७१ पैसा बढेर ९ रुपैयाँ ५ पैसामा पुगेको छ। सोही अवधिमा प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ९८ पैसा रहेको कम्पनीले जनाएको छ। हाल कम्पनीको मूल्य–आम्दानी (पी/ई) अनुपात ८४.९३ गुणामा उभिएको छ।

१० अर्ब ८६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शेयर प्रिमियम ३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। विशेष जगेडामा २ अर्ब १३ करोड रुपैयाँ, महाविपत्ती कोषमा २१ करोड ४५ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ९७ करोड २९ लाख रुपैयाँ सञ्चित छ। यद्यपि कम्पनीको अन्य इक्विटी भने समीक्षा अवधिमा ५५ करोड ६ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।

1

Scroll to Top