Banijya News

कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न स्वीकृति

1
1.2K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न सोमबार अनुमति दिएको छ । बोर्डले नौ प्रतिशत लाभांश तोकिएको प्रतिकित्ता १०० अंकित दरमा ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि अनुमति दिएको हो । यस बैंकको १८औँ वार्षिक साधारणसभाले अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

उक्त सेयर जारी गरेसँगै बैंकको पुँजीगत संरचना थप सुदृढ हुने, पुँजीकोष बढ्न जाने तथा व्यवसाय विस्तारको अवसर बढ्ने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पुँजीकोष सबलीकरण गर्नका लागि हकप्रद सेयरको विकल्पका रूपमा सर्कुलरमार्फत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने बाटो खुलाएको थियो ।नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न सोमबार अनुमति दिएको छ । बोर्डले नौ प्रतिशत लाभांश तोकिएको प्रतिकित्ता १०० अंकित दरमा ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि अनुमति दिएको हो । यस बैंकको १८औँ वार्षिक साधारणसभाले अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

उक्त सेयर जारी गरेसँगै बैंकको पुँजीगत संरचना थप सुदृढ हुने, पुँजीकोष बढ्न जाने तथा व्यवसाय विस्तारको अवसर बढ्ने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पुँजीकोष सबलीकरण गर्नका लागि हकप्रद सेयरको विकल्पका रूपमा सर्कुलरमार्फत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने बाटो खुलाएको थियो ।

1

Scroll to Top