कात्तिक महिनामा कुल ६० करोड ४४ लाख ५ हजार ७३४ कित्ता धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । ६ करोड २४ लाख २ हजार ६४० कित्ता आईपीओ, ७० लाख कित्ता ऋणपत्र, ५६ लाख २५ हजार ६६४ कित्ता बोनस शेयर, २ करोड ९३ लाख ७७ हजार ४३० दशमलव २४ कित्ता हकप्रद शेयर र ५० करोड इकाई गरी उल्लेखित कित्ता धितोपत्र नेप्सेमा थपिएको हो ।
नेप्से कर्मचारी आन्दोलनका कारण करिब डेड महिना धितोपत्र सूचीकरण प्रक्रिया राकिएको थियो । कात्तिकमा कर्मचारीहरुले आन्दोलन फिर्ता लिएसँगै धितोपत्र सूचीकरण बढेको हो । यो महिना आईपीओ जारी गरेका सात नयाँ कम्पनी दोस्रो बजारमा थपिएका हुन । माबिलुङ्ग इनर्जी। दरमखोला हाइड्रो इनर्जी, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो, स्वस्तिक लघुवित्त, बन्दीपुर केवलकार र झापा इनर्जीको आईपीओ कात्तिक महिनामा सूचीकृत भएको हो ।
त्यस्तै तीन कम्पनीहरु नेपाल एसबिआई बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र नबिल बैंकले जारी गरेको ऋणपत्र पनि यसै महिना सूचीकृत भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन र एनएलजी इन्स्योरेन्सको बोनस शेयर र पिपुल्स पावर, नेपाल इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्ससँगै बरुण हाइड्रोपावरको हकप्रद शेयर समेत कात्तिकमै बजारमा सूचीकृत भएका छन् । यी शेयर दोस्रो बजारमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारयोग्य भैसकेका छन् ।


