सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले सेयरधनीहरुलाई उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
यो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।


