Banijya News

जेनजी आन्दोलनको क्षतिको चार अर्ब ३८ करोड रुपैयाँ बिमा दाबी भुक्तानी

1
1.1K Shares

जेन जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बिमा कम्पनीहरूले ४ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी गरिसकेका छन् ।

बिमा प्राधिकरणका अनुसार निर्जीवन बिमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०० वटा बिमा दाबीको करिब २३ अर्ब ४४ करोड रुपैयाँ दाबी रकममध्ये हालसम्म करिब ४ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ दाबी रकम बिमितहरूलाई भुक्तानी गरिसकिएको हो । यसमा अग्रिम भुक्तानीसमेत समावेश रहेको छ ।

प्राधिकरणमा १४ वटा निर्जीवन बिमा कम्पनी र ४ वटा लघु निर्जीवन बिमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बिमातर्फ ७१० वटा बिमा दाबीको दाबी रकम करिब १९ अर्ब १ करोड रुपैयाँमध्ये करिब ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ र मोटर बिमातर्फ २ हजार ३०८ वटा बिमा दाबीको दाबी रकम करिब ३ अर्ब ४८ करोड रुपैयाँमध्ये करिब १ अर्ब ९ करोड रुपैयाँ भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बिमातर्फ २२५ वटा बिमा दाबीको करिब ५५ करोड ५५ लाख रुपैयाँ दाबी रकममध्ये करिब ६ करोड ८१ लाख रुपैयाँ, परिवहन बिमातर्फ १२ वटा बिमा दाबीको करिब १ करोड ६९ लाख दाबी रकममध्ये करिब ६६ लाख रुपैयाँ र अन्य बिमातर्फ ४५ वटा बीमा दाबीको करिब ३८ करोड ४० लाख रुपैयाँ दाबी रकममध्ये करिब ४९ लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ।

बिमकहरूलाई करिब २ अर्ब ५६ करोड रुपैयाँ अग्रिम भुक्तानीसहित पुनर्बिमा दाबी भुक्तानी जेन जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बिमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई करिब २ अर्ब ५६ करोड रुपैयाँ अग्रिम भुक्तानी सहित पुनर्बिमा दाबी भुक्तानी गरेको छ ।

नेपाल पुनर्बिमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बिमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६१ वटा पुनर्बिमा दाबीको दाबी रकम करिब १५ अर्ब ८१ करोड रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

1

Scroll to Top