वाणिज्य बैंकहरूले पुसमा पनि ब्याजदर घटाएका छन् । पुस १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।
पुस महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२७ प्रतिशत घटेर औसत ४.७६ प्रतिशतमा झरेको छ । जबकि मंसिरमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.०३ प्रतिशत थियो ।
यस्तै, पुसमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.२१ प्रतिशत घटेर ३.३७ प्रतिशतमा झरेको छ । यसअघि असोजमा संस्थागततर्फ औसत ३.५८ प्रतिशत ब्याजदर थियो ।
पुस महिनाका लागि १४ बैंकले ब्याजदर घटाएका छन् भने ६ बैंकले ब्याजदर स्थिर राखेका छन् ।
कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नबिल बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।
यस्तै, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) र एनआईसी एशिया बैंकले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् ।
पुसमा सबैभन्दा धेरै हिमालयन बैंकले ब्याजदर घटाएको छ । हिमालयनले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ १.५० प्रतिशत घटाएर ४ प्रतिशत र संस्थागततर्फ १.४५ प्रतिशत घटाएर २.८० प्रतिशतमा झारेको छ । यसअघि मंसिरमा व्यक्तिगततर्फ ५.५० प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।
कुनको कति ?बैंकको नाम २०८२ मंसिर व्यक्तिगत २०८२ मंसिर संस्थागत २०८२ पुस व्यक्तिगत २०८२ पुस संस्थागत फरक व्यक्तिगत फरक संस्थागत कृषि विकास ४.७० २.७५ ४.५५ २.७५ -०.१५ ०.०० एभरेष्ट बैंक ५.०० ४.०० ४.७५ ४.०० -०.२५ -०.२५ नेपाल बैंक ५.२५ ३.२५ ५.१० ३.२५ -०.१५ ०.०० कुमारी बैंक ४.९९ ४.०९ ४.६३ ३.५० -०.३६ -०.५९ नेपाल एसबीआई ४.६० ३.५० ४.५५ २.५० -०.०५ -१.०० लक्ष्मी सनराइज ५.०० ४.०० ४.७५ ३.५० -०.२५ -०.५० ग्लोबल आइएमई ६.०० ४.२५ ५.५० ३.७५ -०.५० -०.५० प्राइम बैंक ४.७५ २.७५ ४.३५ २.७५ -०.४० ०.०० सिटिजन्स ४.७५ ३.०० ४.७५ ३.०० ०.०० ०.०० प्रभु बैंक ४.७५ २.७५ ४.५५ २.७५ -०.२० ०.०० माछापुच्छ्रे ५.०० ३.०० ५.०० ३.०० ०.०० ०.०० एनएमबि बैंक ५.०० ४.०० ५.०० ४.०० ०.०० ०.०० स्ट्यान्डर्ड चार्टर्ड ४.७० २.७५ ४.६० २.७५ -०.१० ०.०० हिमालयन बैंक ५.५० ४.२५ ५.०० २.५० -०.५० -१.७५ सिद्धार्थ बैंक ५.०० ४.०० ५.०० ४.०० ०.०० ०.०० नबिल बैंक ४.७५ ३.७५ ४.५५ ३.५५ -०.२० -०.२० सानिमा बैंक ५.०० ३.३० ४.७५ ३.३० -०.२५ ०.०० राष्ट्रिय वाणिज्य ५.५० ४.०० ५.०० ४.०० -०.५० ०.०० एनआइसी एशिया ५.०० ४.०० ५.०० ४.०० ०.०० ०.०० औसत ५.०३ ३.२५ ४.७५ ३.३० -०.२७ –


