Banijya News

सन नेपाल लाइफद्धारा २०.२६ प्रतिशत लाभांश प्रस्ताव

1
1.2K Shares

सन नेपाल लाइफ इन्स्योरेन्सले २० दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष ०७९/८० मा भने कम्पनीले २५ दशमलव शून्य ५३ प्रतिशत लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ रहेको छ । यस वर्षको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरि वितरण हुनेछ ।

1

Scroll to Top