Banijya News

हालसम्म सात बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

1
1.1K Shares

हालसम्म ७ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । पुस महिनाको पहिलो हप्ता नबित्दै ७ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका हुन् ।

अहिलेसम्म जीवन बीमा कम्पनीतर्फ सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स लाभांश घोषणा गरेका छन् ।

यस्तै, निर्जीवन बीमातर्फ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेका छन् ।

जीवन बीमातर्फ ७ वटा र निर्जीवन बीमातर्फ ३ वटा कम्पनीको भ्यालुएसन पारित गरिसकेको छ । अहिलेसम्म ११ वटा जीवन बीमा कम्पनी र ७ वटा निर्जीवन बीमा कम्पनीले भ्यालुएसनको विवरण पेश गरेका थिए ।

गत आवको मूनाफाबाट नेपाल लाइफले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस शेयर र १६.०५ नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यता, निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्सले ६ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करस्वरुप ०.३२ प्रतिशत नगद लाभांश गरी कुल ६.३२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै सिटिजन्स लाइफ इन्स्योरेन्सले २० प्रतिशत, आईएमई लाइफ इन्स्योरेन्सले १०.५२ प्रतिशत र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १०.१८ प्रतिशत, आईआजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।

गत वर्ष समयमै वित्तीय विवरण पेश नगर्ने, वित्तीय विवरण स्वीकृत गर्दा राखेका सर्त पूरा नगर्ने तथा प्राधिकरणबाट तोकिएको मापदण्ड उल्लंघन गरेको विषयमा नियामकीय कारबाहीमा परेका थिए ।

बीमा प्राधिकरणले सात वटै लघु बिमा कम्पनी, १२ निर्जीवन बिमा कम्पनी, १२ वटै जीवन बिमा र १ पुनर्बिमा कम्पनीलाई कारबमही गरेको थियो । बिमा प्राधिकरणले गत वर्ष ३२ बिमा कम्पनीलाई कारबाहीसमेत गरेको थियो ।

यता, समयमै वित्तीय विवरण पेश नगर्ने, वित्तीय विवरण स्वीकृत गर्दा राखेका सर्त पूरा नगर्ने, प्राधिकरणबाट तोकिएको मापदण्ड उल्लंघन गर्ने सात वटै लघु बिमा कम्पनी, १२ निर्जीवन बिमा कम्पनी, १२ वटै जीवन बिमा र १ पुनर्बिमा कम्पनी नियामकीय कारबाहीमा परेका थिए ।

1

Scroll to Top