Banijya News

ट्वान्टी–२० विश्वकपका अवसरमा एलिकाको विशेष उपहार योजना सार्वजनिक

1
1.1K Shares

विश्वप्रसिद्ध इटालियन किचन उपकरण ब्रान्ड एलिकाले आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ लक्षित नेपाली उपभोक्ताका निम्ति विशेष उपहार योजना सार्वजनिक गरेको छ । ‘कुकिङ विथ प्यासन’ नारासहित सुरु गरिएको यो अभियानले किचनमा उत्कृष्ट प्रदर्शन र अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एउटै सूत्रमा जोड्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।

यो योजनाअन्तर्गत एलिकाका चिम्नी तथा अरू किचन उपकरण खरिद गर्ने ‘भाग्यशाली’ ग्राहकले मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने टी–२० विश्वकपअन्तर्गत नेपालको खेल प्रत्यक्ष हेर्ने टिकट जित्ने अवसर प्राप्त गर्नेछन् ।

साथै, विजेताले चार रात र पाँच दिनको सम्पूर्ण खर्च व्यहोर्ने मुम्बई भ्रमण प्याकेज पनि निःशुल्क रूपमा पाउनेछन् । यसले क्रिकेटप्रेमी ग्राहकलाई अविस्मरणीय अनुभव प्रदान गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

उपहार योजनामा सहभागी हुन ग्राहकले एलिका, वारन्टी कार्ड नम्बर, खरिद गरिएको उत्पादनको नाम, ग्राहकको नाम र ठेगाना उल्लेख गरी तोकिएको ढाँचामा ३१००३ नम्बरमा सन्देश पठाउनुपर्नेछ । यो योजना सीमित अवधिका निम्ति मात्र र सर्त तथा नियम लागु हुने कम्पनीले जनाएको छ ।

1

Scroll to Top