Banijya News

आइपीओ बिक्रीको अनुमति माग्दै चार कम्पनीले दिए बोर्डमा आवेदन

1
1.1K Shares

नेपाल धितोपत्र बोर्डमा आइपीओ बिक्रीको अनुमति माग्दै चार कम्पनीले आवेदन दिएका छन् । होटल इच्छा, अतिथि रिसोर्ट एन्ड स्पा, एसियन ब्याट्रिज् र हुलास आइसन इन्डष्ट्रिज लिमिटेडले आइपीओ बिक्रीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । जसमध्ये, हुलास आइरनले प्रिमियमसहित २५५ रुपैयाँका दरले ९७ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने अनुमति मागेको छ । कम्पनीले २ अर्ब ४८ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति मागेको हो ।

त्यस्तै, एसियन ब्याट्रिजले १०० रुपैयाँ अंकित दरमा १३ लाख कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । यता, होटल इच्छा र अतिथि स्पाले १०० रुपैयाँका दरले क्रमशः ३५ लाख र १६ लाख २५ हजार कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यी कम्पनीहरुले माघ २० गते आइपीओ निष्कासनको स्वीकृति मागेको हो ।

1

Scroll to Top