Banijya News

नेप्सेमा ४४.५९ अंकको वृद्धि, ३ अर्ब ८६ करोडमाथिको कारोबार

1
1.0K Shares

साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचकमा वृद्धि आएको छ । बुधबार नेप्से परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा कायम भएको छ । ।

नेप्सेमा कुल ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार लक्ष्मी सन्राइज बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २८ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा स्नो रिभरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

1

Scroll to Top