Banijya News

सर्वसाधारणलाई प्रभु बैंकको ४२ हजार कित्ता सेयर बिक्रीमा

1
1.0K Shares

प्रभु बैंक लिमिटेडले आफ्ना विभिन्न तीन जना संस्थापक शेयरधनीहरूको नाममा रहेको कुल ४१,९०० कित्ता संस्थापक शेयर बिक्रीमा खुलाएको छ। यसअघि बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिकाबमोजिम विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरेको थियो।

तर, तोकिएको ३५ दिनको अवधिभित्र बैंकका कुनै पनि संस्थापक शेयरधनीहरूबाट खरिदका लागि आवेदन नपरेपछि उक्त शेयर अब सर्वसाधारण लगानीकर्ताहरूका लागि पनि बिक्रीमा खुला गरिएको हो।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक सर्वसाधारण लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकले तोकेबमोजिमका मापदण्डहरू पूरा गरी आवश्यक सम्पूर्ण कागजातहरूसहित निवेदन दिनुपर्नेछ।

इच्छुक तथा योग्य आवेदकहरूले सूचना प्रकाशित भएको मितिले आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित प्रभु बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा पुगेर आफ्नो निवेदन पेस गर्न सक्नेछन्।

1

Scroll to Top