Banijya News

पाँच सय उद्योगमा ४० अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता, कुन क्षेत्रमा कति ?

1
1.2K Shares

चालु आर्थिक वर्षको पहिलो सात महिनामा ४० अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि माघमसान्तसम्म पाँच सय २४ वटा उद्योगमा ४० अर्ब २८ करोड ३३ लाख ८० हजार रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।

गत आर्थिक वर्षको यहि अवधिमा ३८६ उद्योगमा २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको थियो । गत आवको ७ महिनामा ३७५ साना, ७ मध्यम र ४ ठूला उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता आएको थियो । चालु आर्थिक वर्षको ७ महिनामा ८ ओटा ठूला, ८ वटा मध्यम र ५०७ वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । विभागकाअनुसार माघमा मात्र ४९ वटा उद्योगमा लगानी प्रतिवद्धता आएको छ । जसमा १ ठूला उद्योग र ४८ वटा साना उद्योग हो । चालु आर्थिक वर्षको पछिल्लो महिनाहरुमा साना उद्योगमा लगानी प्रतिवद्धता बढेको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा सूचना प्रविधिमूलक क्षेत्रका सबैभन्दा बढी लगानीको प्रतिवद्धता आएको छ । गत साउनदेखि माघ महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका २८८ वटा उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ । रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १४ उद्योगमा सबैभन्दा धेरै २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । उत्पादनमूलक क्षेत्रका ३५ उद्योगमा २ अर्ब ४० करोड ६६ लाख रुपैयाँ, पर्यटनमूलक क्षेत्रका १५० उद्योगमा १० अर्ब ८६ करोड २० लाख रुपैयाँ र सेवामूलक क्षेत्रका ३४ उद्योगमा ३ अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

कुन महिनामा कति प्रतिबद्धता ?
चालु आर्थिक वर्षको पहिलो साउन महिनामा ३१ ,भदौमा ७२,असोजमा ५५,कात्तिकमा ५६,मङ्सिर महिनामा १२० उद्योगका लागि लगानी प्रतिबद्धता भएर दर्ता भएको विभागले जनाएको छ । साउन महिनामा ५९ करोड ७५ लाख ६० हजार,भदौमा ३३ अर्ब ९ करोड २० लाख,असोजमा २ अर्ब ४ करोड ५७ लाख, कात्तिक १ अर्ब ५४ करोड ३९ लाख र मङ्सिरमा १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ लगानी प्रतिबद्धता भएको छ । यसरी हेर्दा भदौ एकै महिनामा ३३ अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता भएको छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार जेनजी आन्दोलन भएको भदौ महिनामा नै सबै भन्दा बढी रकमको लगानी प्रतिबद्धता भएको छ । यसरी हेर्दा जेनजी आन्दोलनपछिको तीन महिनामा मात्रै ५ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता भएको छ । विभागको तथ्याङ्कले आन्दोलनपछि वैदेशिक लगानी प्रतिबद्धतामा खासै प्रभाव बनाएको देखिएन ।

गत मङ्सिरमा मात्रै २ अर्ब प्रतिबद्धता
चालु आर्थिक वर्षको मङ्सिर महिनामा १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार मङ्सिर महिनामा मात्रै ५६ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।साना ५४ र मझौला २ उद्योगमा लगानी प्रतिबद्धता आएको छ।

त्यस्तै,चालु आर्थिक वर्षको साउन–मङ्सिरसम्म रोयल्टीबापत १ अर्ब ६२ करोड ६७ लाख ३१ हजार रुपैयाँ फिर्ता लैजान विभागले स्वीकृति दिएको छ । विभागका अनुसार ६ लाख ४० हजार २३६ अमेरिकी डलर र १५ करोड ३३ लाख ५१ हजार ६८१ भारु ९भारतीय रुपैयाँ० लैजाने स्वीकृत पाएको छ । यस अवधिमा उद्योग विभागले १७८२ जना लगानीकर्ताका लागि भिसा सिफारिस गरेको छ ।

1

Scroll to Top