Banijya News

बैंक तथा वित्तीय संस्थाहरुद्धारा ९९ अर्ब ३० रुपैयाँ सुनचाँदी धितो कर्जा प्रवाह

1
1.1K Shares

नेपालका बैंक तथा वित्तीय संस्थाहरूले चालू आर्थिक वर्षको सुनचाँदी धितोमा कुल ९९ अर्ब ३० करोड २० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्। राष्ट्र बैंकका अनुसार यो प्रवाह गत आवको सोही अवधिसँग तुलना गर्दा ३० अर्ब ६० करोड ७० लाख रुपैयाँले बढी हो।

बैंकिङ क्षेत्रले कुल ७७ खर्ब २३ अर्ब ९९ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन र ५७ खर्ब ८१ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। चालू आवमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले मात्र ६९ खर्ब ५३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ३९ अर्ब १३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यसमा सुनचाँदी धितोमा ९१ अर्ब ९४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २८ अर्ब ६९ करोड ६० लाख रुपैयाँले बढी हो।

चालू आवको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले मात्र कुल ६९ खर्ब ५३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ३९ अर्ब १३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सुनचाँदी धितोमा मात्र कुल ९१ अर्ब ९४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा २८ अर्ब ६९ करोड ६० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले ५९ खर्ब ९१ अर्ब सात करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब सात अर्ब ७१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सुनचाँदी धितोमा मात्र कुल ६३ अर्ब २४ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले भने चालू आवको पुस मसान्तसम्ममा छ खर्ब ३२ अर्ब ३९ करोड रुपैैंयाँ निक्षेप संकलन गरी पाँच खर्ब ३६ अर्ब ९५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सुनचाँदी धितोमा मात्र कुल छ अर्ब ५२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा दुई अर्ब १६ करोड ४० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले ६ खर्ब १३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ५ खर्ब ७७ अर्ब ७४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सुनचाँदी धितोमा मात्र कुल ४ अर्ब ३६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले पनि चालू आवको पुस मसान्तसम्ममा एक खर्ब ३७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब पाँच अर्ब ३६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सुनचाँदी धितोमा मात्र कुल ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा २१ करोड ६४ लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब ३२ अर्ब ८२ करोड ७० लाख रुपैैयाँ निक्षेप संकलन गरी एक खर्ब तीन अर्ब १६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सुनचाँदी धितोमा मात्र कुल एक अर्ब आठ करोड ३० रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

1

Scroll to Top