स्थानीय बजारमा आज पनि सुनको मुल्य घटेको छ। साताको पहिलो दिनदेखि नै घटिरहेको सुनको मूल्यमा आज पनि गिरावट आएको हो। आज सुन तोलामा १ हजार ६०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलाको २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ।
आइतबार तोलामा १२ हजार ५०० रुपैयाँ घटेको सुन सोमबार ६ हजार ५०० ले घटेको थियो। आइतबार र सोमबार घटेको चाँदीको मूल्य भने आज तोलामा ८० रुपैयाँ बढेर ४ हजार ५०५ रुपैयाँ पुगेको छ।


