Banijya News

बर्डफ्लू फैलिँदा सुनसरीका किसान ३० करोड घाटामा

1
1.1K Shares

सुनसरीमा बर्डफ्लू संक्रमण तीव्र रूपमा फैलिँदा २३ वटा कुखुरा फार्ममा ठूलो आर्थिक क्षति पुगेको छ। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले रोग पुष्टि गरेसँगै संक्रमण नियन्त्रणका लागि करिब एक लाख ४५ हजार कुखुरा, २ लाख २६ हजारभन्दा बढी अण्डा र ठूलो परिमाणमा दाना तथा अन्य सामग्री नष्ट गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका अनुसार यो प्रकोपका कारण हालसम्म ३० करोड रुपैयाँभन्दा बढीको नोक्सानी भइसकेको छ।

विशेषगरी वराहक्षेत्र नगरपालिकाका ठूला पोल्ट्री फार्महरू यसबाट नराम्ररी प्रभावित भएका छन्, जहाँका हजारौँ लेयर्स र ब्रोइलर कुखुरा नष्ट गरेपछि फार्महरू सिल गरिएका छन्। केही वर्षदेखि कुखुरा र अण्डा उत्पादनमा आत्मनिर्भर बन्दै गएको यो क्षेत्रमा संक्रमणले उत्पादन ठप्प पारेको छ भने किसानका खोरहरू रित्तिएका छन्। प्रशासनले संक्रमण थप फैलिन नदिन उच्च सतर्कता अपनाउँदै संक्रमित क्षेत्रका चल्ला, अण्डा र क्रेट समेत नष्ट गर्ने कार्यलाई निरन्तरता दिएको छ।

1

Scroll to Top