Banijya News

नेपाल लगानी भिसा उपलब्ध गराउने सरकारको घोषणा

1
1.1K Shares

सरकारले नेपाल लगानी भिसाको घोषणा गरेको छ । आज सोमबार सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानी गर्नेलाई नेपाल लगानी भिसा उपलब्ध गराइने बताएका हुन् ।

त्यस्तै, राष्ट्रपति पौडेलले विशेष आर्थिक क्षेत्रहरूको विस्तार तथा साझा पूर्वाधार सहयोग औद्योगिक ग्राम स्थापना गरिने बताए ।

‘ग्रिन मार्केट भिलेज, सूचना प्रविधि पार्क, कृषि उत्पादन केन्द्र लगायत उत्पादनमूलक तथा नवप्रवर्तनमा आधारित औद्योगिक क्षेत्रहरूको विकास गर्दै त्यस्ता क्षेत्रहरूलाई औद्योगिक पयर्टनसँग आबद्ध गरिनेछ,’ सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले भने ।

1

Scroll to Top