Banijya News

पूँजी बजार सुधारका लागि ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गरिने

1
1.0K Shares

पूँजी बजारको संरचनात्मक सुधार तथा नियामकीय क्षमता सुदृढ बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा गरेको छ । बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै उक्त व्यवस्था गर्ने योजना अघि बढाएको हो ।

बोर्डका अनुसार, उक्त टास्क फोर्समा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी), मर्चेन्ट बैंकर एसोसिएसन, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, क्रेडिट रेटिङ संस्थाका प्रतिनिधि तथा विशिष्टीकृत कोष व्यवस्थापकका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

उक्त संयन्त्रमार्फत पुँजी बजार सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने बोर्डको योजना छ । सेबोनले पछिल्लो समय पुँजी बजारको दायरा विस्तार हुनुका साथै लगानीकर्ताको संख्या उल्लेखनीय रूपमा बढेकाले बोर्डको आन्तरिक संरचना, कानुनी व्यवस्था र नियामकीय क्षमतालाई थप सुदृढ बनाउनु आवश्यक रहेको जनाएको छ ।

बोर्डका अनुसार प्रस्तावित ‘क्यापिटल मार्केट टास्क फोर्स’ले बजार सुधारका नीतिगत तथा संस्थागत पहललाई समन्वय गर्नेछ । साथै, यस टास्क फोर्सले पारदर्शी, व्यवस्थित र विश्वसनीय पूँजी बजार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सेबोनले जनाएको छ ।

1

Scroll to Top