Banijya News

प्रधानमन्त्री शाह र निर्यातजन्य उद्योग व्यवसायका प्रतिनिधिबीच आज छलफल हुने

1
1.0K Shares

प्रधानमन्त्री बालेन्द्र शाहले आज शुक्रबार नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायमा आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ः३० बजे हुने छलफ हुने कार्यक्रम रहेको बताइएको छ ।

छलफलमा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक संघका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुनेछन् ।

प्रधानमन्त्री शाहले निर्यात प्रवद्र्धनका चुनौती, नीतिगत सुधार तथा समाधानका उपायबारे उनीहरूसँग छलफल गर्ने बुझिएको छ ।

पछिल्लो समयमा प्रधानमन्त्री शाहले देशको अर्थतन्त्र प्रवद्र्धनका लागि निजी क्षेत्रका उद्योगी व्यवसायी तथा सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै आएका छन् ।

1

Scroll to Top