Banijya News

वाणिज्य बैंकद्धारा माइती नेपाललाई न्यानो कपडा वितरण

1
1.1K Shares

पुस २८ , काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय बौद्ध, गौशाला र मैतिदेवीले संयुक्त रुपमा आयोजना गरेको काठमाडौं, गौशाला स्थित माइती नेपालको संरक्षणमा रहेका महिला तथा वालबालिकाहरुको लागि न्यानो कपडा, गलैंचा र आवश्यक विभिन्न सामग्रीहरुको सोमबार एक कार्याक्रम बिच वितरण गरिएको छ । सो कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइराला, माइती नेपालका अध्यक्ष विश्वराम खड्का, बैंकका ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेत, शाखा कार्यालय गौशालाका प्रबन्धक बेदप्रसाद खनाल, शाखा कार्यालय मैतिदेवीका प्रबन्धक कपिल कार्की र शाखा कार्यालय बौद्धका प्रबन्धक सुरेश सापकोटा लगायत माइती नेपालका संरक्षणमा रहेका महिला तथा वालबालिकाहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइरालाले बैंकले गरेको सहयोगको लागि धन्यवाद दिदै यस्ता सहयोगी कार्यहरुको संधै स्मरण गरिने बताउनुभयो ।

1

Scroll to Top