Banijya News

मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियरबीच सम्झौता

1
1.1K Shares

काठमाडौँ –मुक्तिनाथ विकास बैंक लिमिटेड कमलादी र हाउस अफ ईन्टेरियर सुकेधारा, काठमाडौँबीच बैंकका ग्राहकहरुलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट नायव सहायक प्रमुख कार्यकारी अधिकृत बहादुर गुरुङ्ग र हाउस अफ ईन्टेरियरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले ब्यालेन्स सर्टिफिकेट, चेक बुक, गुड फर पेमेन्ट चेक जारी शुल्क र अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निशुल्क गरेको छ ।

साथै बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटीएमबाट बाट विना शुल्क रकम झिक्न सकिने बैंकद्धारा पे्रसित विज्ञप्तिमा भनिएको छ ।

1

Scroll to Top