गत साताको तुलनामा यो साता २ अर्ब भन्दा बढिले कारोबार रकम बढेको छ ।
गत साता १३ अर्ब २२ करोड १७ लाख १७ हजार रुपैयाँको कारोबार भएकोमा यो साता सेयरबजारमा १५ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
सार्वजनिक विदा परेको यो सातामा ४ दिनमात्र कारोबार भएको थियो।
आइतबार सेयरबजार परिसूचक २२.१० अंकले बढेर २०५२.६५ विन्दुमा पुगेको थियो। साताको पहिलो कारोबार दिन २ अर्ब ९२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
सोमबार सार्वजनिक विदाको कारण कारोबार भएन।
त्यस्तै मंगलबार भने बजार परिसूचक नेप्से ५८.५८ अंकले बढेर २१११.२४ विन्दुमा पुगेको थियो। सो दिन कारोबार रकम पनि ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको भएको थियो।
बुधबार सेयरबजारमा सूचक २.४८ अंकले घटे पनि ४ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको थियो भने साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार २७.८४ अंकले घटेपछि बजार फेरि २ हजार विन्दुमा झरेको थियो। यो दिन ३ अर्ब ९४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो।
२ दिन बढेको र २ दिन घटेको साता नेप्से ५०.३६ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।


