Banijya News

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ३ अर्ब ३८ करोड

1
1.0K Shares

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकमा झरेको छ ।

आज ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको ८४ लाख कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबार सुरु हुँदा सामान्य बढेपनि केहीछिनपछि घट्न सुरु गरेको थियो । यससँगै, १०.६२ अंकले घटेर परिसूचक २०७० अंकमा आइपुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यो ०.५१ प्रतिशतको गिरावट हो । यसक्रममा आज ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १० कम्पनीको मूल्य भने स्थिर छ ।

विकास बैंक समूह सबैभन्दा धेरै ०.८२ प्रतिशत बढ्यो भने होटल तथा पर्यटन समूह उच्च दर १.५६ प्रतिशत घट्यो । तीन समूहका सूचक बढे भने अरु सबै घटे । विकास बैंक ३३, फाइनान्स ११ र उत्पादन समूह २० अंक बढे । बैंकिङ ७, होटल तथा पर्यटन ८३, हाइड्रोपावर २९, जीवन बीमा २०, माइक्रोफाइनान्स १, निर्जीवन बीमा २४, अन्य १८ र ब्यापार समूह १२ अंक घटे ।

सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ९.५, मानुषी लघुवित्तको ८.७, स्वाभिमान लघुवित्तको ७.४, ग्रिन डेभलपमेन्टको ६.७ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य ७.८ प्रतिशत घट्यो ।

किसान लघुवित्तको ५.२, युनियन हाइड्रोपावर ४.६, दोल्ती पावरको ४.३, घलेम्दी हाइड्रोको ३.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, माथिल्लो तामाकोशी, घोराही सिमेन्ट, गोर्खाज फाइनान्स क्रमशः अगाडि रहे ।

 

1

Scroll to Top