नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेकोछ । ‘एकै योजना बहु–लाभ, सबै नारीका लागि सजिलो पहुँच’ नाराका साथ सार्वजनिक गरिएको योजना हो ।
महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा केन्द्रित विशेष योजना हो । यस योजनको मुख्य विशेषता भनेको बीमालेखको वार्षिकोत्सवमा बीमाङ्कको आधारमा नगद सुविधा प्रदान गरिनु,वृद्धिशील मृत्यु लाभः मृत्युमा प्रदान गरिने बीमाङ्क रकम हरेक ५ वर्षमा २५ प्रतिशतले बढ्नु रहेको छ । नेपाली जीवन बीमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता पूरक करार सुविधा समेत समावेश गरिएको यस योजनाले नारीको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा एकैसाथ प्रदान गरी सुनिश्चित भविष्यको सुरुवात गर्नेछ ।
नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना नारीको जीवनमा सुरक्षा, आत्मनिर्भरता र भविष्यको सुनिश्चितालाई केन्द्रमा राखी तयार गरिएको विशेष जीवन बीमा योजना हो । समानतासँगै सम्मान पूर्वक जीवनयापन गर्न सकून् भन्ने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक नारी लक्षित, महत्त्वपूर्ण ऐच्छिक सुविधाहरू सहित यो योजना सार्वजनिक गरेको हो । नारीवर्गमा समर्पित यस योजनाले नियमित आम्दानी, आर्थिक सुरक्षा तथा दीर्घकालीन आर्थिक सुनिश्चितता एकैसाथ प्रदान गर्दछ ।
मातृत्व नारी जीवनको सबैभन्दा सुन्दर, महत्त्वपूर्ण र संवेदनशील समय हो । तर गर्भावस्थाको समयमा कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्या पनि आइपर्न सक्छ । समग्र नारीकै लागि बनेको योजना भएपछि उनीहरुको लागि विशेष रुपमा लक्षित मातृत्व सुरक्षालाई ध्यानमा राखेर नेपाल लाइफले नेपाली जीवन बीमा जगतमै पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा ल्याएको हो ।
नेपाल लाइफले अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) योजनासँगै गर्भावस्था सम्बन्धी विशेष पूरक सुविधा ल्याएको छ। ११ गम्भीर गर्भावस्था जटिलता पुष्टि भएमा एकमुष्ट १ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराइनेछ भने गर्भवती भएको प्रमाणित भएमा स्वास्थ्य सेवाका लागि एकपटक १० हजार रुपैयाँ प्रदान गरिनेछ। योजनामा न्यूनतम बीमाङ्क २ लाख ५० हजार रुपैयाँ रहेको छ र प्रवेश उमेर १८ देखि ६५ वर्षसम्म तोकिएको छ, साथै दुर्घटना मृत्यु लाभ, पूर्ण स्थायी अशक्तता र बीमाशुल्क छुटजस्ता ऐच्छिक सुविधा पनि समावेश गर्न सकिनेछ।


