समृद्धि फाइनान्स लिमिटेडले ग्लोबल मनी विक २०२६ (चैत २ –८) को अवसरमा Smart Money Talks नाराका साथ विभिन्न वित्तीय साक्षरता कार्यक्रम तथा सचेतनामूलक ¥यालीहरू सफलतापूर्वक सम्पन्न गरेको छ । वित्तीय व्यवस्थापनको महत्त्वबारे जागरूकता फैलाउने उद्देश्यले देशभर विभिन्न शाखाहरूमार्फत कार्यक्रमहरू सञ्चालन गरिएको हो ।
वित्तीय सचेतनालाई प्राथमिकता दिँदै, फाइनान्सको खरेन्द्रपुर शाखाले चैत ८ गते नेपाल राष्ट्र बैंक खरेन्द्रपुर द्वारा आयोजित ¥यालीमा सहभागिता जनाएको छ । यस अवसरमा वित्तीय सचेतनालाई प्राथमिकता दिँदै, वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो। चैत ६ गते पुतलीसडक शाखाले नेसनअल युनाईटेड स्कूलका कक्षा ७ ८ र ९ का ७० विद्यार्थीलाई शाखा भ्रमणमार्फत वित्तीय साक्षरता प्रशिक्षण प्रदान गर्यो ।
त्यसैगरी, चैत ८ गते पोखरा शाखाले कन्या क्याम्पस ११ ,१२ र स्नातकका १५१ विद्यार्थीलाई शाखाका कर्मचारीहरु द्वारा विद्यालयमा उपःिथत भई वित्तीय वित्तीय साक्षरता प्रशिक्षण दिइयो । फाइनान्सको गैर शाखाले श्री बाल गोविन्द जनता माद्यामिक स्कूलका, गैरका २५ विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी तालिम दियो, बुटवल शाखाले २८ युवा व्यवसायीलाई वित्तीय योजना र व्यवस्थापनबारे प्रशिक्षण गर्यो, र मधुबन शाखाले श्री जनता बोर्डिङ स्कुलका ३८ विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्यो। त्यस्तै, जनकपुर शाखाले मोडेल मल्तिपल कलेजका कक्षा १२ का विद्यार्थीलाई वित्तीय ज्ञान प्रदान गर्यो।
औरही शाखाले द सनराइज बोर्डिङ स्कूलका ४० विद्यार्थीलाई वित्तीय सचेतना कार्यक्रम सम्पन्न गर्यो । समृद्धि फाइनान्सले वित्तीय सचेतना वृद्धिमा महत्वपूर्ण योगदान दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । वित्तीय ज्ञान र सचेतनाले मात्र भविष्यलाई सुरक्षित बनाउन सकिन्छ भन्ने सन्देश दिंदै, संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता अभियानहरूलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर .टि .जि .एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू .आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।


