Banijya News

वीरगंज भन्सारद्वारा १ खर्ब ५४ अर्ब ८४ करोड राजस्व संकलन

1
1.1K Shares

 वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा १ खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आ.व.को सात महिनामा १ खर्ब ७५ अर्ब ३१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८८ दशमलव राजस्व सङ्कलन भएको छ । उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आ.व.को सात महिनाको तुलनामा चालु आ.व.को सोही अवधिमा १३ अर्ब ३६ करोड बढी राजस्व सङ्कलन भएको बताए ।

चालु आ.व.को साउनमा १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्यो । भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड राजस्व सङ्कलन भएको थियो । यसैगरी, मङ्सिरमा २० अर्ब ८० करोड, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुन १९ अर्ब ३४ करोड राजस्व सङ्कलन भएको छ ।

1

Scroll to Top