नेपाल बैंक र ताजा बेकरी उद्योगबीच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारी र खाता रहेका ग्राहकलाई यो उद्योगद्वारा उत्पादित विभिन्न बेकरीका वस्तु खरिद गर्दा लाग्ने शुल्कमा छुटको सम्झौता भएको हो ।
नेपाल बैंकको मोबाइल बैंकिङ एपबाट रकम भुक्तानी गर्दा न्यूनतम ५०० रुपैयाँको खरिदमा १० देखि १५ प्रतिशतसम्म छुट हुने सम्झौतामा उल्लेख छ । यो सुविधा काठमाडौंका चाबहिल, मूलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सीतापाइलास्थित ताजा बेकरी उद्योगबाट प्राप्त हुने जनाइएको छ ।
बैंकका तर्फबाट बजारीकण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ताजा बेकरी उद्योगका प्रबन्ध निर्देशक रामकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।


