Banijya News

१५ करोड लगानी गर्दै एनआइबिएल इक्विटी

1
1.1K Shares

नेपाल धितोपत्र बोर्डमा विशेष लगानी कोष (एसआइएफ) को रूपमा दर्ता रहेको एनआइबिएल इक्विटी पार्टनर्स र गोर्खाज हिमालयन हाइड्रो लिमिटेड बीच लगानीसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ। एनआइएमबी एस क्यापिटलद्वारा व्यवस्थित यस कोषले गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड रुपैयाँ बराबरको सेयर लगानी गर्ने निश्चित भएको हो।

गोर्खाज हिमालयन हाइड्रोले कोशी प्रदेशको सोलुखुम्बु जिल्लास्थित सोलुदुधकुण्ड नगरपालिकामा ५.८७५ मेगावाट क्षमताको माथिल्लो जुनबेसी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यस आयोजनाबाट वार्षिक औसत ३५.४३ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ। विशेष गरी ऊर्जाको माग बढी हुने सुक्खायाममा कुल उत्पादनको ३३ प्रतिशत विद्युत आपूर्ति हुने अपेक्षा छ, जसले नेपालको ऊर्जा व्यवस्थापनमा टेवा पुऱ्याउनेछ।

आयोजनाले उत्पादन गर्ने सम्पूर्ण बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरिसकेको छ। उत्पादित विद्युतलाई ३३ केभी प्रसारण लाइनमार्फत तिङ्गला सबस्टेशनमा जोडिने तयारी छ।

हालसम्म आयोजनाको भौतिक पूर्वाधार निर्माणको ७५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ। निर्माण कार्यलाई तीव्रता दिँदै कम्पनीले सन् २०२७ को अगस्टदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। यस लगानीले आयोजनालाई समयमै सम्पन्न गर्न थप वित्तीय सहजता प्रदान गर्ने विश्वास लिइएको छ।

1

Scroll to Top