Banijya News

मन्त्रिपरिषद् विस्तारमा रामजीलाई श्रम र गौरीलाई उद्योग मन्त्रालयको जिम्मेवारी

1
1.1K Shares

प्रधानमन्त्री शाहले आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिने क्रममा दुई नयाँ मन्त्रीहरू नियुक्त गर्ने तयारी गरेका छन। नयाँ नियुक्त हुने मन्त्रीहरूमा रामजी यादव र गौरीकुमारी यादव रहेका छन । सरकारले कार्यविभाजन अन्तर्गत रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार सुम्पिने निर्णय गरेको छ भने गौरीकुमारी यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

विशेष गरी उद्योग मन्त्रालय लामो समयदेखि प्रधानमन्त्री शाहले आफैंसँग राख्दै आएका थिए । मन्त्रालयमा विभागीय मन्त्री नहुँदा केही नीतिगत कार्यहरूमा ढिलाइ भइरहेको चर्चाका बीच प्रधानमन्त्रीले गौरीकुमारीलाई यसको नेतृत्व हस्तान्तरण गर्न लागेका हुन ।

नवनियुक्त मन्त्रीहरूको राजनीतिक पृष्ठभूमिलाई हेर्दा दुवै जना मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रभावशाली नेता हुन्। रामजी यादव सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने गौरीकुमारी यादव महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित जनप्रतिनिधि हुन्। यी दुई नयाँ मन्त्रीहरूको आगमनसँगै सरकारको कार्यसम्पादनमा थप ऊर्जा थपिने र मन्त्रालयका रोकिएका कामहरूले गति लिने अपेक्षा गरिएको छ।

1

Scroll to Top