Banijya News

वीरेन्द्रनगर नगरपालिका-मध्यपश्चिम विश्वविद्यालयबीच शैक्षिक साझेदारी, २ करोडको अक्षयकोष स्थापना

1
1.1K Shares

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालय ९एमयू० बीच उच्च शिक्षामा स्थानीय विद्यार्थीको पहुँच बढाउने उद्देश्यले एक ऐतिहासिक सम्झौता भएको छ। बिहीबार आयोजित विशेष समारोहमा नगरपालिका र विश्वविद्यालयबीच ुउच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष २०८३ु सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

उक्त सम्झौता पत्रमा नगरपालिकाका तर्फबाट नगर प्रमुख मोहनमाया ढकाल र विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले हस्ताक्षर गरे । स्थानीय सरकार र प्राज्ञिक संस्थाबीचको यो विशेष सहकार्यका लागि नगरपालिकाले २ करोड २ लाख २ हजार २ सय २ रुपैयाँ बराबरको ठूलो राशिको अक्षयकोष खडा गरेको छ। यस कोषबाट प्राप्त हुने ब्याज वा प्रतिफलमार्फत वीरेन्द्रनगर क्षेत्रका विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने लक्ष्य राखिएको छ।

विशेषगरी आर्थिक रूपमा विपन्न तर जेहेन्दार स्थानीय विद्यार्थीहरूलाई आफ्नै आँगनमा रहेको विश्वविद्यालयमा गुणस्तरीय शिक्षा हासिल गर्न यसले ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ।हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मोहनमाया ढकालले स्थानीय सरकारले भौतिक पूर्वाधारसँगै सामाजिक र शैक्षिक क्षेत्रको दायित्व पनि वहन गर्नुपर्छ भन्ने मान्यताका साथ यो कदम चालिएको स्पष्ट पारे । ूवीरेन्द्रनगर प्रदेशको मुटु मात्र नभई यो विश्वविद्यालयको कार्यक्षेत्र पनि हो, त्यसैले हाम्रो अभिभावकीय भूमिका महसुस गरी विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न यो कोष स्थापना गरेका हौँ,ू उनले भने । यो कोषले उच्च शिक्षा हासिल गर्न चाहने स्थानीय युवाहरूमा नयाँ उत्साह थप्ने उनको विश्वास थियो।

यस्तै, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले विश्वविद्यालयलाई समुदायसँग जोड्ने आफ्नो योजना अन्तर्गत यो एउटा महत्वपूर्ण उपलब्धि भएको बताए । उनले अन्तर्राष्ट्रिय अभ्यासहरूलाई अनुसरण गर्दै विश्वविद्यालयको स्थायी कोष निर्माणका लागि आफूले कार्यविधि नै पारित गराएर काम अगाडि बढाएको जानकारी र्दिए । स्थानीय सरकारसँगको यस्तो बलियो साझेदारीले विश्वविद्यालयको प्राज्ञिक उचाई र समुदायप्रतिको उत्तरदायित्वलाई थप मजबुत बनाउने उनको तर्क थियो।

उक्त हस्ताक्षर समारोहमा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा। डा। पन्ना थापा, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा। विष्णुकुमार खड्का, नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यो सहकार्यलाई सुर्खेतको शैक्षिक इतिहासमा एउटा दूरगामी प्रभाव राख्ने कदमको रूपमा विश्लेषण गरिएको छ।

1

Scroll to Top