Banijya News

राष्ट्रिय वाणिज्य बैंकद्वारा साढे ३९ अर्ब कृषि कर्जा प्रवाह

1
1.0K Shares

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले मुलुकको कृषि क्षेत्रको आधुनिकिकरण र उत्पादन वृद्धिमा आफ्नो लगानी केन्द्रित गरेको छ। बैंकले उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिने नीति अनुरूप २०८२ चैत मसान्तसम्ममा कुल ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कृषि कर्जाका रूपमा प्रवाह गरेको छ। कृषक र कृषि उद्यमीहरूलाई प्रोत्साहित गर्न बैंकले आधार दरमा न्यूनतम प्रिमियम मात्र थपेर सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएको छ, जसमा कर्जा प्रशोधन शुल्कमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ।

बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीका अनुसार, पशुपालन र माछापालन जस्ता परम्परागत परियोजना बाहेक बैंकले पछिल्लो समय विशिष्टीकृत कर्जा योजनाहरू ल्याएको छ। यसअन्तर्गत विभिन्न प्रदेशका कृषि उत्पादनलाई लक्षित गरी वार्षिक ४।७५ प्रतिशत ब्याजदरमै ५ करोडसम्मको ूप्रदेश विशेष कृषि कर्जाू र साना किसानका लागि कुनै पनि सेवा शुल्क नलाग्ने गरी १० लाखसम्मको ूसाना किसान सरल कर्जाू उपलब्ध गराइँदै छ। यसका साथै आधुनिक बैंकिङ सुविधाका रूपमा किसानहरूलाई ूकिसान क्रेडिट कार्डू समेत प्रदान गरिँदै आएको छ।

कृषि क्षेत्रमा हुने लगानीलाई थप प्रभावकारी र व्यवस्थित बनाउन बैंकले छुट्टै कृषि कर्जा नीति तथा कार्यविधि कार्यान्वयनमा ल्याएको छ। केन्द्रीय कार्यालयमा ुकृषि तथा सामाजिक बैंकिङ विभागु स्थापना गरी दक्ष कृषि विज्ञहरूलाई शाखा स्तरसम्म परिचालन गरिएको छ। देशभरका ७७ वटै जिल्लामा रहेका ३१४ शाखा सञ्जालमार्फत ग्रामीण भेगका किसानसम्म कर्जाको पहुँच सुनिश्चित गरिएको बैंकले जनाएको छ।

सरकारी नीति र प्राथमिकतालाई पछ्याउँदै बैंकले गरेको यो पुँजी परिचालनले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउन ठूलो भूमिका खेलेको छ। यसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुनुका साथै ग्रामीण अर्थतन्त्रको विकास, उत्पादकत्व वृद्धि र कृषि मूल्य शृङ्खलामा सुधार आउने बैंकको विश्वास छ। साथै, बैंकले समय(समयमा वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गरी किसानहरूलाई व्यावसायिक कर्जाका बारेमा सचेत समेत गराउँदै आएको छ।

1

Scroll to Top