Banijya News

इन्फिनिटी लघुवित्तको नाफा ह्वात्तै बढ्यो, ईपीएस २०.३१ रुपैयाँ

1
1.1K Shares

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नाफा ह्वात्तै बढेको छ । संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ७ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ११३६४.७५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा संस्थाले जम्मा ६ लाख ६१ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

यस अवधिसम्म संस्थाको इम्पेयरमेन्ट चार्ज रिभर्सल हुँदा नाफा वृद्धिमा टेवा पुगेको हो । गत आवको तेस्रो त्रैमाससम्म ९ करोड ५७ लाख रुपैयाँ इम्पेयरमेन्च चार्ज तिरेको संस्थाको यस वर्षको सो अवधिमा १२ लाख ५५ हजार रुपैयाँ यस्तो चार्ज रिभर्सल भएको छ । संस्थाको चार्ज रिभर्सल हुँदा उक्त रकम खुद नाफामा जोडिन पुगेको हो ।

साथै, संस्थाको खुद ब्याज आम्दानी १३.३४ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाससम्म २५ करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको यो संस्थाले यस वर्षको सो अवधिमा २८ करोड ९६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

संस्थाको खराब कर्जा अनुपात भने १४.३५ प्रतिशतबाट बढेर २३.९३ प्रतिशत पुगेको छ । साथै, पूँजीकोष सामान्य घटेर ९.४५ प्रतिशत, कस्ट अफ फण्ड ६.४३ प्रतिशत, बेस रेट १२.२८ प्रतिशत र स्प्रेड दर ८.५२ प्रतिशत पुगेको छ ।

समिक्षा अवधिमा संस्थाको इपीएस ०.१८ रुपैयाँबाट बढेर २०.३१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४०.०७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४९.०१ गुणा र तरलता अनुपात ८.५० प्रतिशत रहेको छ । संस्थाको वितरणयोग्य मुनाफा भने सो अवधिसम्ममा ८० लाख ४५ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

1

Scroll to Top