Banijya News

ओरिएन्टल इन्स्योरेन्सको नाफा वृद्धि हुँदा अन्य वित्तीय सूचक कस्तो ?

1
1.0K Shares

ओरिएन्टल इन्स्योरेन्स कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्ममा कम्पनीको नाफामा वृद्धि भएको देखिएको हो ।

कम्पनीले चालु आवको नौ महिनामा ३० करोड ६६ लाख नाफा आर्जन गरेको छ । जबकि, गत आव ०८१/८२ को यही अवधिमा कम्पनीले १३ करोड ८३ लाख घाटा व्यहोरेको थियो । गत वर्षको तुलनामा चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क आर्जन बढेको छ । गत वर्षको चैतसम्ममा १ अर्ब ६२ करोड ८३ लाख कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु वर्षको सोही अवधिमा १ अर्ब ८० करोड ७९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ ।

साथै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । कम्पनीले चालु वर्षको चैतसम्म कम्पनीले १ अर्ब ६ करोड ५९ लाख खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको यही अवधिमा कम्पनीले ८३ करोड १९ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको बीमा कोषमा पनि अत्यधिक वृदि देखिएको छ । साथै, यही अवधिसम्ममा कम्पनीको बीमा कोषमा २ अर्ब ८० करोड १९ लाख रहेको कम्पनीको बीमाकोष बढेर ८ अर्ब ८२ करोड २० लाख कायम भएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ७९ करोड ४९ लाख, महाविपत्ति कोषमा ७ करोड ६७ लाख, रिटेन्ड अर्निङ १२ लाख १५ हजार र अन्य इक्विटीमा ८७ करोड ४९ लाख रहेको छ ।

1

Scroll to Top