Banijya News

छ्याङदी हाइड्रोपावरले कमायो १.८८ करोड नाफा

1
1.0K Shares

छ्याङदी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३को नौ महिनामा उल्लेख्य नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवको सोही अवधिमा भने कम्पनी ४ करोड २ लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीको विद्युत् बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा ३४.८१ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत् बिक्रीमार्फत १३ करोड ९४ लाख आर्जन गरेको छ ।

कम्पनीको प्रशासनिक खर्च भने ८८ लाख ७४ हजार रुपैयाँबाट बढेर १ करोड १४ लाख रुपैयाँ पुगेको छ । यस्तै, ह्रासकट्टी खर्च ३ करोड ६५ लाखबाट घटेर ३ करोड ६१ लाख पुगेको छ । अघिल्लो आवमा ७ करोड ३४ लाख रहेको वित्त खर्च भने घटेर ४ करोड ६९ लाखमा सीमित बनेको छ ।

समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङ १८ करोड ८३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । ७७ करोड ३९ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ३८ लाख र कुल चालु दायित्व १ करोड ९५ लाख रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २.४४ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ८५.०९ रुपैयाँ र तरलता अनुपात २.२२ प्रतिशत कायम भएको छ ।

1

Scroll to Top