Banijya News

अपि पावरको नाफामा उछाल, विद्युत् बिक्री आम्दानी १.३० अर्ब

1
1.0K Shares

अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा ६५ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८६.२९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३५ करोड ३४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । साथै, कम्पनीले ९३ लाख ३६ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

कम्पनीको वित्त खर्चमा पनि उल्लेखनीय गिरावट आएको छ । अघिल्लो वर्ष ४५ करोड ८८ लाख रुपैयाँ रहेको वित्त खर्च घटेर यस वर्ष ३१ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ । प्रशासनिक खर्च पनि ३ करोड २७ लाखबाट घटेर २ करोड ३४ लाख रुपैयाँमा झरेको छ । यद्यपि, ह्रासकट्टी खर्च भने ३१ करोड ७६ लाखबाट बढेर ३१ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट १ अर्ब ३० करोड आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८.९६ प्रतिशतले बढी हो । वित्त आम्दानी ४ लाख ३८ हजारबाट घटेर १ लाख ८४ हजार रुपैयाँमा झरेको छ । ६ अर्ब ३७ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ६५ करोड ३९ लाख रुपैयाँ छ भने कुल चालु दायित्व २ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेको छ । अघिल्लो आवमा ७.७६ रुपैयाँ रहेको ईपीएस बढेर १३.७६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११५.३२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.३० गुणा र तरलता अनुपात ०.२६ प्रतिशत कायम भएको छ ।

1

Scroll to Top