Banijya News

बुटवल पावरको नाफा ४२% ले बढ्यो

1
1.0K Shares

बुटवल पावर कम्पनी लिमिटेडको आम्दानी र नाफा दुवै बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा २९ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४२.३३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २१ करोड २ लाख खुद नाफा कमाएको थियो ।

चालु आवको नौ महिनाको अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ११.४५ प्रतिशतले बढेर ६२ करोड २७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी ५५ करोड ८७ लाख रुपैयाँ थियो ।

कम्पनीले १७ करोड ४५ लाख अन्य आम्दानी गरेको छ । तर, कम्पनीको वित्त आम्दानी भने घटेको छ । अघिल्लो आवमा १ करोड ३९ लाख रुपैयाँबराबरको वित्त आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा ३८ लाख ८८ हजार मात्रै वित्त आम्दानी गरेको छ ।

त्यस्तै, कम्पनीको प्रशासनिक तथा साधारण खर्च ९ करोड ९३ लाखबाट बढेर १२ करोड १५ लाख रुपैयाँ पुगेको छ । वित्त खर्च पनि ६१ लाख ४० हजारबाट बढेर १ करोड २५ लाख पुगेको छ । ३ अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ६ करोड रुपैयाँ र कुल चालु दायित्व १५ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

चालु आवको नौ महिनामा कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) त्रैमासिक ८.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१०.३३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८१.४२ गुणा र तरलता अनुपात ६.८१ प्रतिशत रहेको छ ।

1

Scroll to Top