Banijya News

सिटिजन लाइफको नाफा बढ्दा अन्य सूचक कस्तो ?

1
1.0K Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा केही वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा ३६ करोड ४४ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.६७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीको मुनाफा ३५ करोड ७६ ला रहेको थियो ।

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेर ५ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो आवमा खुद बीमाशुल्क आर्जन ४ अर्ब ८१ करोड रहेको थियो । यस्तै, कम्पनीको कुल आम्दानी ६ अर्ब ३१ करोडबाट बढेर ७ अर्ब ५६ करोड पुगेको छ । उता, कम्पनीको दाबी भुक्तानी र खर्च भने बढेको छ । कम्पनीको दाबी भुक्तानी ४ अर्ब ८५ करोडबाट बढेर ५ अर्ब ८७ करोड र कुल खर्च ५ अर्ब ९६ करोडबाट बढेर ७ अर्ब २० करोड पुगेको छ ।

कम्पनीको जीवन बीमा कोष बढेर २४ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो आवको सो अवधिमा १९ अर्ब ८६ करोड रहेको थियो । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.६० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३१.१७ रुपैयाँ र पीई रेसियो ४८.५४ गुणा रहेको छ ।

1

Scroll to Top